कतार एयरवेज अमेरिकी नागरिक बोकेर उड्यो



काठमाडौं : करिव ३ सय अमेरिकी नागरिकलाई बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ ।

यो जहाज कतारको दोहा हुँदै अमेरिका जाने छ । नेपालमा लकडाउन लम्बिएपछि ति मुलुकहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लगिरहेका छन् ।

नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाई काठमाडौंमा जुटाएको थियो । यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागतिकलाई तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो ।

बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत् आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।

प्रतिक्रिया दिनुहोस्