लामोसाँघुमा प्रविधियुक्त क्वारेन्टाइन निर्माण



सिन्धुपाल्चोक : बलेफी गाउँपालिकास्थित लामोसाँघुमा २० बेडको क्यारेन्टाइन निर्माण भएको छ ।

गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले उक्त क्वारेन्टाइन निर्माण गरेको हो ।

एक जनालाई एक कोठा र प्रत्येक कोठामा छुट्टाछुट्टै शौचालयसहितको क्वारेन्टाइन निर्माण गरिएको ८ नम्बर वडाका वडाध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए ।

स्वास्थ्यकर्मी र प्रहरीसहित रहने गरी निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेलाई दिक्क नलागोस् भनेर इन्टरनेटको समेत व्यवस्था गरिएको तामाङले बताए ।

क्वारेन्टाइनको मंगलबार बाग्मती प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले निरीक्षण गरे ।

प्रतिक्रिया दिनुहोस्