नर्सलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ



दाङ : घोराही उपमहानगरपालिका वडा नं.२ का वडा सचिव नारायण आचार्य पक्राउ परेका छन् ।

उनीमाथि घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० वर्षिय नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको थियो ।

त्यो खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरुसंगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन् । त्यहाँबाट निकालिएपछि हाल घोराहीस्थित एक होटेलमा बस्दै आएको उनले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्