महिलाकै रुप पुजिने मन्दिरमा महिलालार्इ नै जान दिइएन



जनकपुरधाम : दसैंमा देवी भगवतीका विभिन्न रुपको पूजा गरिन्छ । नौरथाभरि देवीको भव्यतासाथ प्ुजा गरिने भए पनि जनकपुरको एक ऐतिहासिक र प्रसिद्ध राजदेवी मन्दिरमा भने दसैं अविधिभर महिलालाई मन्दिर प्रवेशमा रोक लगाइने गरिन्छ ।

 

घटस्थापना अघिसम्म सहजै मन्दिरको ढोकाबाट महिलालाई पूजा गर्न दिइए पनि दसैं अविधिमा भने झ्यालबाट पूजा गर्न बाध्य पारिन्छ । यो वर्षौंदेखि चल्दै आएको परम्परा भएकाले यस विरुद्ध बेलाबेला विरोध हुने गरे पनि महिलाले पूजा गर्न भने पाएका छैनन् । 

महिलाकै रुपको पूजा हुने  मन्दिरमा महिला नै प्रवेश नपाउनु दुखद भएको बताउँछन् स्थानीय । यस विषयमा भने मन्दिरका पुजारीको छुट्टै तर्क छ । उनीहरु भन्छन्, ‘दसैंमा मन्दिरमा तान्त्रिक विधिले पूजापाठ हुने गर्छ, त्यसैकारण महिलालाई रोक लगाइएको हो ।’ उनीहरुले महिलााले ‘बोक्सीविद्या’ जानेको भन्दै महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको समेत बताए । 

तर पूजारीले बोलेका कुराको कुनै तुक नभएको बताउँछन् राजपा प्रवक्ता कृष्ण सिंह । भन्छन्, ‘हामीले विधि र धर्मले सिकाएको कुरा मान्ने हो, न कि गलत रीति । 

प्रतिक्रिया दिनुहोस्