८ लाख कट्यो कोरोना संक्रमितको संख्या



काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार मंगलबार दिउँसोसम्म कुल संक्रमितको संख्या ८ लाख ४९ पुगेको हो।

कोरोना संक्रमणबाट ३८ हजार ७ सय १४ जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै ज्यान गुमाउने इटलीका छन्। दोस्रोमा स्पेन छ।

एक लाख ६६ हजार ७ सय ६८ जनामा उपचार सफल भएको छ। नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। यीमध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जना आइसोलेसनमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्