प्रदेश २ को आईसोलेशनमा रहेका १७ मध्ये ८ को निगेटिभ, अरुको रिपोर्ट आउन बाँकी



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको आशंकामा प्रदेश २ का विभिन्न आईसोलेशन वार्डमा रहेका १७ जना मध्ये ८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

तिनीहरु सबै जनाको स्बाव परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । रिपोर्ट निगेटिभ आएकाहरुलाई आजै डिस्चार्ज गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार मंगलबार थप ४ जना शंकास्पद बिरामी प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका छन् ।

प्रदेश २ मा अहिले ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १ सय ५१ जना होम क्वारेन्टाइनमा छन् । प्रदेशभित्र ९९ वटा क्वारेन्टाइन र ६९ वटा आईसोलेशन वार्डहरु निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्