नेपाली नागरिकता लिने भारतीय कारागार चलान



इनरुवा : झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । 

 

भारत घर भई सुनसरीको हरिनगर गाउँपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो । 

 

जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करबहादुर राईको इजलासले साहलाई र्पुपक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 

 

साहलाई नागरिकता ऐन २०६३ को दफा २१९१० बमोजिम पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा पठाइएको वादी नेपाल सरकारकोतर्फबाट बहस गरेका अधिवक्ता शङ्करप्रसाद पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्