यस्तो छ कोरोना संक्रमित चार जनाको स्वास्थ्य अवस्था



काठमाडौं : चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरी फैलिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले महामारीको संज्ञा दिएको यो भाइरसले विश्वभरी ३८ हजार ७ सय १४ जनाको ज्यान लिइसकेको छ ।

चीनमा फैलिएर सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको यो भाइरसको संक्रमणले विश्वका सबै देशलाई उछिनेर इटलीमा सबैभन्दा धेरै ११ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ भने दोस्रोमा स्पेनमा रहेको छ ।

नेपालमा पनि यो भाइस संक्रमणको उच्च जोखिम रहेको छ । भने पाँच जनामा संक्रमण भेटिइसकेको छ । एक जना चीनबाट फर्किएका नेपालीलाई भने निको भइसकेको छ । अरु बाँकी चार जना आइसोलेसमा बसेर उपचार गराइरहेका छन् ।

पछिल्लो समय उनीहरुको स्वास्थ्य अवस्थामा सुधार आएको र चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उक्त अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ

टेकु अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते यूएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो। उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए।

यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका यूएईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए।

जोशिले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसको पनि निगरानी गरिरहेको जानकारी दिए। उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार गरिहेको छ।

यसैगरी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य पहिलेको भन्दा सुधार रहेरको अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र विके पोखरेलले जानकारी दिए। पछिल्ला दिनमा उनको स्वास्थ्यमा सुधार भइरहेको उनको भनाइ छ।

युवतीसंगै पोखरा गएका र उनीसँग नजिक रहेका नौ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्