कोरोना परीक्षण प्रयोगशालाका उपकरण धनगढी पुग्यो



धनगढी : संघिय सरकारले कोरोना भाईरसका सम्भावित विरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका समाग्री सुदूरपश्चिम पठाएको छ ।

चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँच जना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलीकोप्टर मार्फत धनगढी पठाएको हो ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकोप्टर प्रयोगशालाका उपकरण लिएर भर्खर धनगढीमा अवतरण गरेको बताए । संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो ।

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको टोलीले जनाएको छ । उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुने बताइएको छ ।

मलिक्युलर डायग्नोसिस बिज्ञ सुनिल प्रशाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ । उक्त उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि धनगढी पठाईएको हो ।

प्रतिक्रिया दिनुहोस्