जापनिज भाषाको नाममा ठगी त भइरहेको छैन ?



काठमाडाैं : वैदेशिक रोजगारका लागि जापान जान पाइने भनेपछि अहिले धेरैमा जापानीज भाषाको मोह निकै बढेको छ । 

 

भाषा सिकिराखे जापान रोजगार खुल्ने बित्तिकै  जान पाइने बुझाइ छ । मन्त्रालयका ती अधिकारी वैदेशिक रोजगारमा जापानका विषयमा अन्य विवरण सार्वजनिक गरे कन्सल्टेन्सीले जापानिज भाषालाई कमाइ खाने भाँडो बनाउन सक्ने भन्दै सोप्रति सचेत रहेको उल्लेख गरे । 

 

उनका अनुसार अहिले कतिपय कन्सल्टेन्सीले यही नाममा भाषा पढाउन थालेको जानकारी आफूहरूले पाएको बताए । यता, कोर्स के हुने, कुन–कुन क्षेत्रका लागि कामदार कति लैजाने, भर्ना प्रक्रिया भने टुङ्गो लाग्न बाँकी छ । हाल विद्यार्थी भिसामार्फत धेरै नेपाली जापानमा छन् ।

 

विद्यार्थी भिसा सहजै पाइने भएकाले सोही भिसालाई नेपालीले जापान प्रवेशको माध्यम बनाउँदै आएका छन् । पछिल्लो समय नेपालीको लागि जापान आर्कषक गन्तव्य बनेको छ । 

 

जापान सरकारले आफ्नो स्वेतपत्रमार्फत जापानमा २० वर्षदेखि कामदारको अभाव हुँदै गएको र त्यो अभाव पछिल्लो समय झन् चुलिँदै गएको भनेको थियो । 

 

अहिले जापान सरकार अभाव भएको कामदार परिपूर्तिका लागि नेपालसहित विभिन्न देशसँग आफ्ना देशमा कामदार लैजाने विषयमा चरणबद्ध रूपमा छलफल गरिरहेको छ । 

 

जापान आगामी मार्चदेखि कामदार आफ्नो देश भित्र्याउने योजनामा छ । विदेशी कामदार भित्र्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलब ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो । 

 

नर्सिङ केयर, रेष्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्