कांग्रेस उपसभापति काफ्लेले गरे कोरोना कोषमा ५ लाख सहयोग



पाँचथर : नेपाली कांग्रेस पाँचथरका उपसभापति तथा उद्योग वाणिज्य महासंघ पूर्व केन्द्रीय सदस्य मित्रप्रसाद काफ्लेले कोरोना संक्रिमतलाई सहयोग गर्न ब्यक्तिगत रुपमा ५ लाख एक हजार रुपैयाँ रकम सहयोग गरेका छन् ।

नेपाल सरकारले तयार पारेको कोरोना रोकथाम कोषका लागि काफ्लेले ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेका हुन् । सरकारलाई संकटको घडीमा सानो भएपनि सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्