दोश्रो चरणको लकडाउन सर्वसाधारणले पालना गर्दै



जनकपुरधाम– दोस्रो चरणको लकडाउनको पहिलो दिन आज ९मंगलबार० जनकपुरधाममा सफल रहेको देखिएको छ ।

पहिलो चरणको लकडाउनको शुरुवाती दिनमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या धेरै रहेकोमा पछिल्लो समय प्रहरीले कडाई गर्दै जाँदा सर्वसाधारणहरुले स्वस्फुर्त रुपमा लकडाउनको पालन गरिरहेका छन् ।

फाटफूट रुपमा खोलिएका पसलहरु तथा लकडाउन पालना नगरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्व कार्की आफै स्वयंले पसल बन्द गर्न तथा लकडाउन तोड्नेहरुलाई घर जान भनिरहेको दृश्य जनकपुरधाममा देखियो । उनले आफै पैदल घुमेर भीडभाड नगर्न तथा पसल नखोल्नका लागि सर्वसाधारणलाई आग्रह गरिरहेका थिए ।

लकडाउनको पछिल्लो ८ दिनमा जिल्ला प्रहरी कार्यालय धनुषाले कालाबजारी गर्ने १५ जना व्यवसायीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । त्यस्तै लकडाउन तोड्ने १ सय ४२ जना र ४ सय ७६ सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्