ट्रम्प प्रशासनद्वारा इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिन निरन्तरता


एजेन्सी– अमेरिकी ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिनका लागि नवीकरण गर्ने घोषणा गरेको छ ।

स्थानीय समयअनुसार सोमबार भएको निर्णयमा तेहरानलाई आणविक हतियार निर्माण गर्न सहज नहोस् भन्ने उद्देश्यले प्रतिबन्धलाई थप लम्बाइएको उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गान अर्टागसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले इरानमाथि आणविक हतियार निर्माण नियन्त्रणका लागि थप ६० दिन विभिन्न चार प्रकारका प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । हामीले इरानको आणविक कार्यक्रम विकासलाई निकटमा रहेर हेरेका छौँ । यो नियन्त्रण कुनै पनि समयमा थपघट हुनसक्छ ।’

उनले भने, ‘प्रतिबन्ध इरानद्वारा आणविक कार्यक्रमलाई निरन्तरता दिएको आधारमा बढाइएको हो, ‘जुन अमेरिकाका लागि अस्वीकार्य’ छ ।

सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्वका छ शक्तिराष्ट्रले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नरहेको भन्दै सन् २०१८ को जुलाईमा वर्तमान् राष्ट्रपतिले यसबाट फिर्ता हुने घोषणा गरेका थिए ।

सम्झौताबाट फिर्ताभएपछि इरानलाई अर्को सम्झौता गर्न दबाव दिन ट्रम्प प्रशासनले इरानविरूद्ध पहिलेभन्दा थप कडा प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धका कारण इरानको अर्थतन्त्रमा व्यापक असर परेको छ ।

इरानले आणविक हतियार निर्माण गर्न रोक्ने उद्देश्यले अमेरिकाले प्रतिबन्धलाई कडा पारेको भएपनि सम्झौताका अन्य हस्ताक्षरकर्ता मुलुक चीन, रूस, जर्मनी, फ्रान्स र बेलायतले सम्झौताबाट फिर्ता नहुन अमेरिकालाई गरेको आग्रहलाई अमेरिकाले एकपक्षीय रूपमा पेलेर अघि बढेको हो ।

इरानमाथि लगाइएका मुख्य चार प्रतिबन्धपछि अब इरानले अराक हेवी वाटर रिसर्च रियाक्टर, बुसेहर आणविक कार्यक्रम, तेहरान रिसर्च रियाक्टर र अन्य आणविक कायक्रम बाहेकका गैर–प्रचारात्मक कामहरू गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय

काठमाडौं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिने निर्णय गरेको छ । सरकारले उखु उत्पादन

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।