राहत वितरण गर्ने बेला कालिकामाईका जनप्रतिनिधि आलु व्यापार गर्दै



वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले आलु बेच्दै गरेको भेटिएका छन् । लकडाउनले असर परिरहेको बेला जनतालाई राहत वितरण गर्नुको सट्टा स्वंम आलुको व्यापार गरीरहेको भेटिएको छ ।

आलुको ब्यापार गरेको भन्दै स्थानिय एक नेता पनि बिरोध जनाएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का कालिकामाई गाउँपालिका वडा नं. २ का वडा कमिटी अध्यक्ष माओ प्रसाद कुशवाहले प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता कार्यको बिरोध गरेका हुन् ।

उनले प्रेस विज्ञप्ती मार्फत विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण रोकथामको लागि मुलुक नै लकडाउनमा रहेको बेला दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने अति गरिब तथा विपन्न परिवारलाई समस्या हुनु स्वभाविक नै हो ।

प्रदेश सरकारले त्यस्ता गरिब परिवारको राहत वितरण गर्न प्रत्येक गाउँपालिकालाई १० लाख रुपैया अनुदान दिने पनि घोषणा समेत गरी सकेको छ । पर्सा कै केही पालिकाले त्यस्ता परिवारलाई राहत समेत वितरण गरिरहेका छन् ।

तर पर्सा कै कालिकामाई गाउँपालिका राहत वितरण गर्नुको सट्टा वडा नं. २ भेडिहारीमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद र वडाध्यक्ष सोनालाल चौरसियाले संयुक्त रुपमा आलु पसल संचालनमा ल्याएको विज्ञप्ती मार्फत जनाएका हुन ।

उनले जारी गरेको प्रेस विज्ञप्तीमा स्थानिय एक व्यक्तिको घरबाट गाउँपालिकाले प्रति किलो ४७ रुपैयामा आलु बिक्री भइरहेको कुरा माइकिङ्गबाट सुन्दा अच्म लाग्यो । यस्तो संकटको अवस्थामा राहत वितरण गर्नु पर्ने अथवा गाउँवासीको लागि सुपथ मूल्यमा खाद्यान्न सामग्रीको पसल संचालन गर्नु पर्ने अवस्थामा जनप्रनिनिधिहरुबाट नै नफा कमाउने उद्देश्यले व्यपार खडा गर्नु प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको लेखेका छन् ।

उनले यो कतिको न्याय उचित हो जनताले त्यसको मूल्यांकन गर्ने नै छ । तर यस्तो कार्यको म र मेरो पार्टीले विरोध गरेको यही प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउँन चाहन्छुं प्रेस विज्ञप्ती मार्फत भनेका छन् ।

यसका साथै संक्रमणबाट बाच्न वडाबासीलाई उनले जारी गरेको प्रेस विज्ञप्ती मार्फत आ—आफ्नो घर भित्र नै बस्न आग्रह गर्दै यस्तो अवस्थामा अन्य पालिकाका जनप्रतिनिधिहरु आ—आफ्नो पालिकाकाको जनताको सेवामा लागेको बेला कालिकामाई गाउँपालिका र वडाका जनप्रतिनिधिहरु सुति रहेको अवस्थामा जाग्न आग्रह गर्दै गाउँवासीको सेवामा लाग्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्