कोभिड–१९ प्रकोपः स्पेनमा मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, अमेरिकामा संक्रमण बढ्दो


एजेन्सी– कोभिड–१९ नाम दिइएको कोरोना सङ्क्रमणबाट स्पेमा एकै दिन ५३३ जनाको मृत्यु भएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार २ सय ६९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

त्यसैगरी इटालीमा मृत्यु हुनेके संख्या ११ हजार ५ सय ९१ पुगेको छ भने १ लाख १ हजार ७ सय ३९ जना संक्रमित भएका छन् । ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख ७४ हजार ६८४ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकामा तीन हजार ४०० जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

पछिल्लो विवरणअनुसार संंसारभर ८ लाख २३ हजार २ सय जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ४० हजार ६ सय ३३ नागरिकको ज्यान गएको छ । सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ७३ हजार १९७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ५१८ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण २ हजार ८९८ जनाको मृत्यु भएको छ । हाल ४४ हजार ६०५ जना सङ्क्रमित रहेका छन् । १४ हजार ६५६ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ६८२ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६८ हजार १८० जना सङक्रमित रहेका छन् । यहाँका १५ हजार ८२४ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण तीन हजार २४ जनाको मृत्यु भएको छ । स ४४ हजार ६०५ सङ्क्रमित रहेका छन् । यहाँका सात हजार ९२७ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ७८९ व्यक्तिको मृत्यु भएको छ ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३९५ व्यक्तिको मृत्यु भएको छ । १६ हजार १८६ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ८२३ जना भने उपचारपछि घर फर्किएका छन् ।

नेडरल्याण्डमा यस सङ्क्रमणबाट १०३९ व्यक्तिको मृत्यु भएको छ । १२ हजार ५९५ सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण ७०५ व्यक्तिको मृत्यु भएको छ । १२ हजार ७७५ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ६९६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६२ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ७८६ सङ्क्रमित भएका छन् । पाँच हजार ४०८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १६८ मृत्यु भएको छ । दश हजार ८२७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा १२८ मृत्यु हुनुको साथै १० हजार ०३८ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा यस सङ्क्रमणबाट १६८ मृत्यु हुनुको साथै चार हजार ६८५ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १८० मृत्यु हुनुको साथै चार हजार ४३५ सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट १६० मृत्यु भएको छ । ७ हजार ४४३ सङ्क्रमित भएका छन ।

क्यानाडामा सङ्क्रमणबाट ९२ को मृत्यु हुनुको साथै सात हजार ४७४ सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ९० जनाको मृत्यु हुनुको साथै २ हजार ८६० सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५६ मृत्यु भएको छ । एक हजार ९५३ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा ३२ को मृत्यु भएको छ । एक हजार २५१ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा २६ मृत्यु भएको छ । एक हजार ९१४ सङ्क्रमित भएका छन् ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट मलेसियामा ३७, नर्वेमा ३२, पेरुमा २४, अष्ट्रेलियामा १९, पोल्याण्डमा २२, इजरायलमा १६ थाइल्याण्डमा ९, रुसमा ९, चिलीमा ८, सिङ्गापुरमा ३, लगायतको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय