स्मार्ट टेलिकमले ल्यायो इजी लोन अफर



काठमाडौं :  स्मार्ट टेलिकमले इजी लोन अफर ल्याएको छ ।

स्मार्टका ग्राहकले आफ्नो ब्यालेन्स एक रुपैयाँ वा त्यसभन्दा कम भएको अवस्थामा १० रुपैयाँसम्म ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । यसले गर्दा ब्यालेन्स अभावले कुराकानी गर्न बन्द गर्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ । 

ग्राहकले फोन गर्न, एसएमएस पठाउन, मोबाइल डाटा प्रयोग गरी इन्टरनेट चलाउन सक्नेछन् । लोन रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कटान गरिनेछ । 

ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कल सुचारु हुनेछन् तर पुनः लोन लिन भने सकिने छैन । यो सेवा लिन स्मार्टको सिमकार्ड छ महिना प्रयोग गरिएको हुनुपर्नेछ । 

स्मार्टका ग्राहकले नेट टिभी डाउनलोड गरी लगइनमा आफ्नो मोबाइल नम्बर प्रयोग गरी न्यूनतम शुल्कमा नेट टिभीमा उपलब्ध हुने प्रिमियम च्यानलहरू हेर्न सकिने विज्ञप्तिमा जनाइएको  छ । यसअन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताका लागि २९  रुपैयाँ, १४ दिनका लागि ५२ रुपैयाँ तथा एक महिना (३० दिन) का लागि ८७ रुपैयाँ तिरी नेट टिभीको सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्