मानहानी गरेर मान्छे मार्न खोज्ने ? भन्दै ऋषि धमलाकी पत्नी एलिजा आक्रोसमा



काठमाडौं : सञ्चारकर्मी ऋषि धमलाको निर्माणमा बनेको चलचित्र ’अनुराग’ आइतबार युट्युबमा सार्वजनिक भएको हो । साङ्गीतिक प्रेमकथामा आधारित यस चलचित्रमा सञ्चारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको मुख्य भूमिकामा रहेको छ ।

युट्युबमा चलचित्र ’अनुराग’ आइसके पछि राम्रा नराम्रा सबै खाल्का मिश्रित प्रतिक्रियहरु चलचित्रलाई मिलिरहेको छ । यसै बीच ट्रोल कलिउडले ट्रोल बनाउँदै- ‘‘निर्माता तथा निर्देशकमा बिन्ती छ यस्तो चलचित्र नबनाउनु होला । जुन चलचित्रले गर्दा नेपाली चलचित्र क्षेत्र नै बद्नाम हुनेछ । नेपाली चलचित्र प्रेमिको मन भड्किन सक्छन् । चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला’’ भन्दै लेखेपछि एलिजा आक्रोसमा आएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्टगर्दै आक्रोस व्यक्त गरेकी छन् । मानहानी गरेर मान्छे मार्न खोज्ने ? निमार्ता र कलाकारको बेज्जत गर्ने को हो तपाई ? कस्ले दियो तपाई लाई अधिकार ह ? भन्दै प्रश्न समेत गरेकी छन् । फेरी अर्को स्टाटस लेख्दै साइवर क्राइमको मुद्दा समेत हाल्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्