यस वर्षका उत्कृष्ट पाँच नेपाली चलचित्र, तर कुन–कुन ?



काठमाडौं : हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको त्रासले सबैलाई घरमै बस्न सरकारले आग्रह गरेको छ । यतिबेला अनिश्चित समयका लागि सम्पूर्ण चलचित्र हलहरु प्नि बन्द छ । यस वर्ष २०७६ मा जम्म ५५ वटा नेपाली चलचित्रहरु रिलिज भए भने अघिल्लो वर्ष सय वटा चलचित्र प्रदर्शनमा आएका थिए ।

यस वर्षको अन्तिम नेपाली चलचित्र आमा र सेन्टीभाइरस रिलिज भएको थियो । चलचित्र ‘म यस्तो गीत गाउँछु २’, ‘निरफूल’ , ‘लक्का जवान’, ‘चपली हाइट३’ र ‘प्रेम गीत ३ ’ यो वर्ष रिलिजको तयारीमा थिए । तर, यी कुनै पनि चलचित्र रिलिज भएनन् । कोरोनाभाइरसका कारण अनिश्चित कालका लागि चलचित्रहरुको प्रदर्शन मिति स्थगित गरिएको छ ।

समग्र यो वर्ष रिलिज भएका चलचित्रलाई नियाल्दा नाफा कमाउन सफल मुख्य पाँच चलचित्र ‘छ माया छपक्कै’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै जात्रा’ , ‘दाल, भात, तरकारी’ र ‘आमा’ रहे । यी बाहेक अन्य केही चलचित्रले औषत कारोबार गरे ।

प्रतिक्रिया दिनुहोस्