सांसद यादवको पहलमा नारायणी अस्पतालमा २० घण्टामा आइसोलेशन वार्ड निर्माण हुँदै



वीरगन्ज : संघीय तथा प्रदेश सरकारले बेवास्ता गरेपनि २० घण्टामा २० वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लगेका छन् । मुलुककै पुरानो र मध्य तराईको सबैभन्दा बढी चाप भएको नारायणी अस्पताललाई संघीय र प्रदेश सरकारले बेवास्ता गरेपछि बुधबार बिहानदेखि केन्द्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा जुटेका हुन् ।

जग्गदम्बा ग्रुपमा सञ्चालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा लगभग १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गर्ने कार्यमा सांसद यादव लागी परेका हुन् । सर्लाहिदेखि पर्सा जिल्लासम्मको रोगीहरुपको चाप रहेको अस्पतालमा मात्र ५ वेडको आइसोलेशन वार्डले धान्न नसकने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि जनताका जिउधन रक्षाको लागी दाताहरुसँग अनुरोध गरेर आइसोलेशन वार्ड स्थापना गराउने कार्यमा जुटेको सांसद यादवले बताए ।

उनले भने–‘दुबै सरकारले वीरगन्जलाई बेवास्ता गरेपछि जनताको ज्यान बचाउन उद्योगी व्यापारीहरुको अगाडि हात फैलाएको छु ।’सांसद यादवले आर्थिक सहयोगमा २४ घण्टा भित्र आइसोेलेशन वार्ड जसरी पनि तयार गरिने प्रतिवद्धा जनाएका छन् । यसपछि कारोना रोगको चेकजाचको लागी शुक्रबारदेखि संघर्षमा उत्रिने तयारीमा जुटको सञ्चारकर्मीहरुलाई बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोकलगाए पछि रोगीहरुको चाप बढेको बताए । उनले भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकि देखिएपछि आइसोलेशनमा राखिएको बताउँदै वीरगन्जमा पनि कारोना चेकजाचको लागी आवश्यक उपकरणहरुको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्