‘कोरोनाका कारण दोस्रो विश्वयुद्धपछि कै भयानक अवस्था’



एजेन्सी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दोस्रो विश्वयुद्धपछिकै भयानक अवस्था आएको बताएका छन्।

कारोना महामारी साँच्चिकै मानवतामाथिकै चुनौती रहेकाले यसबाट जोगिने उपाय अपनाउन उनले आग्रह गरेका छन्।

मंगलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा एक प्रतिवेदन सार्वजनिक गर्दै उनले भने–यो महामारीपछि विश्वमा डरलाग्दो आर्थिक संकट आउनसक्छ, त्यसलाई जुध्नका लागि आवश्यक उपाय अपनाउनको विकल्प छैन।

यसले आर्थिक र समाजिक क्षेत्रमा ठूलो असर पार्छ। अहिले यो महामारी नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक सहकार्य जरुरी रहेको उनको भनाइ थियो।

‘यो महामारीले मानिसको दैनिक जीवन र जनजीविकामाथि नै प्रहार गरेको छ, गरिबीको रेखामुनि रहेका मानिसको जीवन झन् भयानक छ, यसतर्फ पनि ध्यान दिन आग्रह गर्छु,’ उनले भनेका छन्।

महामारीका कारण विश्वभर साढे दुई करोड मानिसले रोजगारी गुमाउने राष्ट्र संघले जनाएको छ। यस्तो बेलामा औद्योगिक मुलुकले अविकसित मुलुकलाई सहयोग गर्नुपर्ने उनको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्