विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै



जनकपुरधाम : ‘आँखा सेवा सबैका लागि’ मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पतालले आज जनकपुरधाममा ¥यालीसहित विश्व दृष्टि दिवस २०१८ मनाएको छ । 

जानकी मन्दिरमा समापन कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले वर्तमान समयमा सामाजिक र सेवाको दृष्टिकोण्बाट रेडक्रसको भूमिका महत्वपूर्ण भएको जिकिर गर्दै नेत्र दानको सांस्कृतिक विकाशमाथि प्रकाश पारेका थिए ।

जानकी आँखा अस्पतालले नेपाल मात्र नभई भारतबाट आउने बिरामीलाई पनि दिँदै आएको छ । स्थानीय रामानन्द चोक अर्थात् आँखा अस्पतालबाट सुरु ¥याली विभिन्न स्थान परिक्रमा गरी जानकी मन्दिरमा गएर सकिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्