मालिकबाट घरमा पालेको बिरालोमा सर्‍यो कोरोनाभाइरस



एजेन्सी : हङकङमा एक घरपालुवा बिरालोमा कोरोनाभाइरस (कोभिड–१९) भेटिएको छ। यसअघि उक्त बिरालोको मालिकलाई पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

हङकङको कृषि तथा माछापालन विभागले उक्त घरपालुवा बिरालोमा सङ्क्रमण देखिए पनि कुनै लक्षण भने देखा नपरेको जनाएको छ।

हालसम्म कुनै घरपालुवा जनावरबाट कोभिड(१९ सङ्क्रमण फैलिएको देखिएको छैन। विश्व स्वास्थ्य संगठनले पनि हालसम्म कुकुर, बिरालो वा अन्य घरपालुवा जनावरबाट मानिसमा कोरोनाभाइरस नफैलिएको जनाएको छ।

हङकङमा यसअघि दुईवटा कुकुरमा कोरोनाभाइरस देखिएको थियो। हङकङबाहिर भने बेल्जियममा घरपालुवा बिरालोमा सङ्क्रमण देखिएको थियो। त्यहाँ पनि मालिकबाटै बिरालोमा सङ्क्रमण सरेको थियो।

प्रतिक्रिया दिनुहोस्