सरकार ! सिडिओ कार्यालयका लागि छैन ‘लकडाउन’ ?



काठमाडौं : आज नेपाल ‘लकडाउन’ भएको दोस्रो चरणको दोस्रो दिन ।

गत आइबार बसेको मन्त्रिपरिषदको बैठकले हिजो मंगलबारदेखि चैत २५ गतेसम्म दोस्रो चरणको लकडाउन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार आज (बुधबार) दोस्रो चरणको लकडाउनको दोस्रो दिन हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिने प्रयास स्वरुप नेपालमा अहिले लकडाउनमा छ ।

लकडाउनका बेला अत्यावश्यक सेवा प्रदायक बाहेकलाई सवारी साधान चलाउन वा हिँडडुल गर्न रोक लगाइएको छ अत्यावश्यक सेवा प्रदायक तथा अप्ठ्यारो परेको अवस्थामा सवारी साधन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिनपाइने व्यवस्था छ ।

तर, अत्यावश्यक सेवाका लागि सवारी साधान सञ्चालन अनुमति पत्र दिने भनिए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति पत्र लिन जानेको ठूलै भिड देखिन्छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम न्यूनिकरणका लागि सामाजिक दूरी कायम गर्नुपर्ने, भिडभाड गर्न नहुने र घरमै बस्नु पर्ने बताएको छ । तर, लकडाउनको नवौँ दिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति पत्र लिन पुग्ने भिड ठूलै छ ।

अनुमति पत्र लिन पुगेकाहरुले सामाजिक दूरी कायम गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्