पर्यटकको हेलिकप्टरबाट उद्वार



सङ्खुवासभा : सभापोखरी गाउँपालिका-२ बाह्रेबीसेबाट ५ जना विदेशी पर्यटकको आज अपराह्न उद्धार गरिएको छ ।

मकालु हिमाल पदयात्राका लागि सङ्खुवासभा पुगेका ती पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि विभिन्न देशका पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए । कैलाश एयरको हेलिकप्टरबाट अष्ट्रेलिया र क्यानडाका दुई दुई तथा फ्रान्सका एक नागरिकलाई काठमाडौं पठाइएको प्रहरी निरीक्षक राईले बताए । रासस

प्रतिक्रिया दिनुहोस्