सुदूरपश्चिमका मुख्यमन्त्रीले भने: डोटीबाट प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्न दिन्नँ, गृह मन्त्रालयमा कुरा गर्छु



डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताएका छन्।

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र अस्पताल डोटीबाट धनगढी सार्न परिपत्र गरेका बेला मुख्यमन्त्री भट्टले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै यसबारेमा प्रदेश सरकारसँग समन्वय नगरिएकाले मान्य नहुने चेतावनी दिए।

मुख्यमन्त्री भट्टले प्रदेश प्रहरी ऐन नियमावली बन्न बाँकी रहेको र बनिसकेपछि प्रदेश प्रहरी कार्यालय कहाँ राख्ने भन्ने विषय प्रदेश सरकारको भएकाले अहिले नै आफूखुसी कार्यालय सार्नु प्रदेश सरकारको अधिकार हनन गर्नु भएको प्रतिक्रिया दिए।

ुदिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्ने विषयमा म गृह मन्त्रालयमा कुरो गर्छु, समन्वय नगरी अहिले नै कार्यालय सार्न उपयुक्त छैन, अहिले जो कार्यालय जहाँ छन् त्यहीँ यथावत रहने छन्ु, मुख्यमन्त्री भट्टले भने।

ुदिपायलमा रहेको अस्पताल प्रहरीको लागि मात्रै नभएर अन्य आम नागरिकको उपचारका लागि स्थापना भएको स्मरण गराउँदै उनले थपे, बरु नयाँ सुविधासम्पन्न अस्पताल जहाँ खोल्दा पनि हुन्छ। तर, अस्पताल सार्ने विषय भनेको कसैका लागि पनि फाइदाजनक हुँदैन। रासस

प्रतिक्रिया दिनुहोस्