आजदेखि काठमाडौंका यी ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै



काठमाडौं : लकडाउनका कारण बजारमा ग्यासको अभाव भएको गुनासो आएपछि नेपाल ग्यास उद्योगले आज (बुधबार) देखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्ने भएका छन् ।

नेपाल ग्यास उद्योगले ६ वटा स्थानमा तीन दिनसम्म अलग–अलग दिन पारेरे ग्यास वितरण गर्ने जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले बिहान १० बजेदेखि आधा दर्जन स्थानबाट ग्यास वितरण गरिने जानकारी दिए ।

उनका अनुसार बुधबार, चाबहिल र बाफल, बिहीबार कोटेश्वर र बानियाँटार तथा शुक्रबार भनिमण्डल र महाराजगञ्जबाट ग्यास वितरण गरिने छ ।

नेपाल ग्यासले अतिरिक्त स्थानबाट दैनिक ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्