‘सेयर बिक्रीमा अग्रिम रकम नलेऊ’



काठमाडौं : नेपाल स्टक एक्सचेन्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न/नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।धितोपत्र खरिद गर्दा अग्रिम रकम लिने व्यवस्था भएपनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो ।

धितोपत्र कारोबार सन्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा ‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिमरुपमा लिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ ।

तर, सो व्यवस्थाविपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोबारका लागिसमेत माग गरेको पाइएको छ ।स्टकले विनियममा भएको व्यवस्थाविपरीत कुनैपनि कार्य नगर्न आग्रह गरेको छ ।सेयर कारोबारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरीवेक्षण शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्