कोरोनाका कारण मार्सेइका पूर्वअध्यक्ष डियुफको मृत्यु



काठमाडौं : फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। ६८ वर्षका उनको मृत्युको कारण कोरोना संक्रमण रहेको क्लबले पुष्टि गरेको छ।

‘पेप मार्सेइको मनमा सधैँ रहिरहने छन्। इतिहासमा उनको नाम क्लबको एक मुख्य निर्माणकर्ताको रुपमा लिइने छ’ मार्सेइको ट्वीटमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्