१०–१० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य



काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घटेको हो ।

बुधबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

प्रतिक्रिया दिनुहोस्