आज विहिबार कुन भगवानको पुजा गर्ने ? तपाईको आजको दिन कस्तो छ ?



एजेन्सी : हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन् । भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो । भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन् ।

हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन् । तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन् । ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ ।

विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन आज विहिबार हो । पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नु पर्दछ । व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्