अपराध नियन्त्रण प्रहरीकाे मात्र कर्तव्य हाेइन : अार्इजीपी खनाल



काठमाडाैं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी हो भन्ने बुझाइ गलत भएको बताएका छन्।

 

६३ औं प्रहरी दिवसको अवसरमा महानिरीक्षक खनालले समाजमा रहेका अपराध नियन्त्रण र सुरक्षा प्रत्याभूतिमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई सघाउन सबै जनतालाई आग्रह गरे।

 

जनताको जीउ धनको सुरक्षा गर्ने प्रहरी ड्युटीमा प्रतिवद्ध भई लागेकाले देशमा शान्तिसुरक्षाको अवस्था निकै राम्रो भएको बताए। 

 

गत वर्षको तथ्यांकअनुसार ९० प्रतिशत अभियुक्तलाई पक्राउ गरी अनुसन्धान दायरामा ल्याउन सफल प्रहरी प्रशासनले जघन्य अपराधलाई न्यूननीकरण गर्न प्रयत्नशील भएको दाबी गरे।

 

‘देश र जनताको खातिर प्रहरीले गरेको योगदानलाई कदर गरिनुपर्छ,’ आइजिपी खनालले भने। एक दुई वटा असफलताले सम्पूर्ण प्रहरी प्रशासनको मूल्यांकन गरिनु नहुने भन्दै प्रहरीको मूल्याकंन गुण दोषको आधारमा गरिनुपर्ने बताए। 

 

पछिल्लो समय प्रविधिका कारण अपराधको प्रकृति पनि फरक किसिमले मौलाएको हुँदा संगठन सीमित स्रोतका हुनाले अनुसन्धानमा चुनौती थपिएको बताए।

 

‘प्रविधिको कारण अपराध अकल्पनीय र जटिल हुँदै गइरहेको छ, यसरी आम नागरिकको अपेक्षा र साधनको ग्यापको कारण प्रहरीमा चुनौती थपिएको छ,’उनले भने,‘ अब टेक्नोलोजी पोलिसीको विकास गरिनुपर्छ, संगठनसँग सद्भावपूर्ण सहकार्य गरिनुपर्छ।’ 

 

अइजिपी खनालले अनुसन्धानमा सीमा समय तोकिनु र भारतसँगको खुला सिमाना पनि चुनौती देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्