हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको छ ।

देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्