एम्बुलेन्सको ठक्करबाट घाइते नेकपाका नेता विष्टको मृत्यु



कैलाली : एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका नेकपा कैलालीका नेता दण्डबिक्रम बिष्टको आज मृत्यु भएको छ ।

गत चैत १८ गते दुर्घटना भएकोमा आज उपचारका क्रममा कोहलपुरमा उनको मृत्यु भएको नेकपा कैलालीका सचिव लालवहादुर सोडारीले बताएका छन् ।

१८ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लगेर नेपालगन्ज जाँदै गर्दा कोहलपुरमा भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटरसाइकलमा सवार उनी गम्भिर घाईते भएका थिए ।

मोटरसाईकलमै सवार शोभा केसी बटालाको मृत्यु भएको थियो । केसी प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत थिईन् । कैलालीको साढेपानी बस्दै आएका विष्ट भने तत्कालीन जनमुक्ति सेनाका कमान्डर हुन् ।

उनी भुमीगत हुन अघि भने सरकारी शिक्षक थिए । उनी पूर्व माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्यसमेत बनिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्