कोरोना संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ



काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

रिपोर्ट पोजेटिभ आएपछि २ दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षिय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षिय एक जनामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्