कालोबजारी गर्ने २ जना पक्राउ



जनकपुरधाम : कोरोनाभाइरस संक्रमणको महामारीका कारण नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनको समयमा कालाबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित माछाबजारबाट माछा प्रति किलो ५ सय रुपैयाँमा बेचिरहेको अवस्थामा भारत मधुबनीका ३१ बर्षिय संजिव सहनीलाई पक्राउ गरेको हो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वरबाट आलु प्रतिकिलो ५५ र प्याज प्रतिकिलो ६० मा बेचिरहेको अवस्थामा ३२ वर्षीय सरोज कुमार साहलाई आलु र प्याजसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्