लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्सका राष्ट्रपतिले दिए आदेश



काठमाडौं : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सक्ने अधिकार दिएका छन। यदी कसैले समस्या पार्छ भने गोली हान्न सक्छौं उनले त्यहाँ सुरक्षा निकायलाई भनेका छन्।

फिलिपिन्सको लुजोनमा कोरोना भाइरस नियन्त्रणका लागि भन्दै एक महिना लामो लकडाउन घोषणा गरिएको छ।

लकडाउनसँगै खाद्यान्न नपाएको भन्दै मनिलाको क्युजोन शहरका मानिसहरुले प्रदर्शन गरेसँगै राष्ट्रपति दुतेर्तेले यस्तो चेतावनी दिएका हुन्।फिलिपिन्सको स्वास्थ्य नियकायले दुई हजार ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको र बुधवार सम्म ९६ जना मानिसको मृत्यु भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्