डीआईजी पोखरेलद्वारा राहत सामग्री वितरण



काठमाडौं : महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआइजी विश्वराज पोखरेलले ज्याला मजदुरी गर्ने अपाङ्ग, फरक क्षमता भएका व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुमा पुगि निशुल्क खाद्यन्न वितरण गरेका छन् ।

डीआइजी पोखरेलले हिजो (बुधबार) उपत्यकाको विभिन्न स्थानमा रहेका ज्याला मजदुरी गर्ने अपाङ्ग, फरक क्षमता भएका २ सय ५८ जनालाई निशुल्क खाद्यन्न सामग्री वितरण गरेका हुन् ।

मानव सेवा आश्रम सामाखुसीका आश्रीत ५३ जना, मानव कल्याण सेवा झौखेल भक्तपुरमा आश्रीत ६३ जना, हनुमन्ते करिडोर ठिमी चारदोबाटोमा ज्याला मजदुरी गर्दै आएका २० जना मजदुर, सल्लाघारीमा ज्याला मजदुरी गर्दै आएका १२ जना मजदुरलाई डीआइजी पोखरेलले निशुल्क खाद्यय सामग्री वितरण गरेका हुन् ।

त्यस्तै Nepal Himan Service Organization Manamaiju काठमाडौंमा आश्रीत ३३ जना, नव जीवन समाज, फुटुङ काठमाडौंमा आश्रीत २० जना, पवित्र समाज सेवा टोला आश्रीत ५५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा १०० मा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई खाद्य सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्