कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा एक बेपत्ता, ३ जनाको उद्दार



नवलपुर : पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् भने ३ जनाको उद्दार गरिएको छ ।

डुंगा चालकसहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बुधबार साँझ डुंगा नदीमा डुबेको थियो । डुबेर नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ वर्षिय ईशारा दरै वेपत्ता भएकी छिन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको थियो । डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० वर्षिय महोरपा मगर फरार रहेका छन् ।

डुंगामा सवार अन्य ३ जना नवलपरासीको बुलिङटार गाउँपालिका ३ बस्ने १२ वर्षिय पूर्णिमा दरै, १३ वर्षिय नम्रता दरै र ११ वर्षिय सिमा दरैको प्रहरीले सकुसल उद्दार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्