इजरायलका स्वास्थ्यमन्त्रीमा देखियो कोरोना संक्रमण



इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको छ। मन्त्री लिजम्यान र उनकी श्रीमती पनि हाल आइसोलेसनमा छन्।

हाल उपचाररत उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्री लिजम्यानसँग प्रत्यक्ष सम्पर्कमा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्युहु पनि आइसोलेसनमा बसेको बिहीवार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयका निर्देशक तथा अन्य कर्मचारीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसेको बताइएको छ। कोरोना भाइरसको नियन्त्रणका लागि इजरायल करिब करिब लकडाउनको स्थितिमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्