५० करोड दियो नेपाल आयल निगम, कोषमा कति रकम पुग्यो ?



काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम दिएको छ ।

निगमको बुधबार बसेको बैठकले उक्त रकम दिने निर्णय गरे अनुसार सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ ।

विपतको समयमा पनि सरकारलाई सहयोग गर्दै आएको निगमले कोरोनामा महामारीको विषम परिस्थितिमा पनि रोगको रोकथाम तथा उपचारका लागि कोषलाई सहयोग गरेको जनाएको छ ।

सबैलाई स्वच्छिक सहयोग गर्नसमेत निगमले अपिल गरेको छ । बुधबार बसेको निगमको संचालक समितिको बैठकले अर्को महत्वपूर्ण निर्णय पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र मट्टितेल) को मूल्य समान १०-१० रुपैयाँ घटाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धनको मूल्य १५ रुपैयाँले घटाउने निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोष खडा गरी स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ । उक्त कोषमा हालसम्म झण्डै ७५ करोड रुपैयाँ जम्मा भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्