नेपालमा अर्का कोरोना संक्रमित भेटिए



काठमाडौं : नेपालमा थप एक जनामा कोरोनाभाइरस संक्रमण भेटिएको छ ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नेपालमा छैटौं पोजेटिभ केस भेटिएको हो ।

कोरोना संक्रमित व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा कतारको राजधानी दोहाबाट नेपाल आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा ती व्यक्तिमा कोरोना भाइरस भेटिएको जानकारी गराएका हुन् ।

उनले यसबारे थप विवरण आउन बाँकी रहेको र आएपछि विस्तृतमा जानकारी गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्