नेपालमा छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा



काठमाडौं : नेपालमा भेटिएको छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षिया वृद्धा महिला भएको पुष्टि भएको छ ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा छैटौं पोजेटिभ केस बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।

ती वृद्धा पनि दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवतीसँगै चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा कतारको राजधानी दोहाबाट नेपाल आएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा ती व्यक्तिमा कोरोना भाइरस भेटिएको जानकारी गराएका थिए ।

अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्