दिल्लीमा आयोजित मुस्लिमको सभामा सहभागी भई नेपाल फर्केको आंशकामा २२ जना पक्राउ



वीरगन्ज : भारतको विभिन्न शहरबाट फर्केका मौलवीहरु नेपाल भारत सिमा नाकाबाट अवैध रुपमा खुसपैठी गरेर पर्सा र बारामा लुकिछिपी बसिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।

पर्साबाट ११ जना र बाराबाट ११ जना मौल्वीलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका १ सोनबर्षाको कञ्चनपुर गदियानी बैरिया मस्जिदमा लुकिछिपी बसीरहेको अवस्थामा ११ जनालाई बुधबार बेलुका स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

चार÷पाँच दिन पहिला नै भारतको दिल्लीबाट वीरगन्ज आएर लुकेर बसेका थिए, स्थानियले दिएको सूचनाको आधारमा उनीहरुलाई मस्जिममा लुकेर बसेको अवस्थाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तीन दिने आन्तराष्ट्रिय तबलीगी जमात (धार्मिक सभा) मा सहभागी भइ पर्सामा छिरेका ११ जना गाउँको मस्जिदमा ४÷५ दिन देखि बसेको सूचना गाउँलेले प्रहरीलाई जानकारी दिएका थिए ।

दिल्ली स्थित नेजामुदीन दरगाहा नजिक आयोजित मुस्लिमहरुको (धार्मिक सभा) बाट फर्केको हुन सक्ने स्थानियले समेत आंशका गरेका छन । दिल्लामा आयोजित धार्मिक सभामा सहभागी मध्ये अधिकाशंमा कोरोना पोजेटिभ देखिएको छ । कोरोनाका संक्रमण अरुमा नफैलियोस् भनेर स्थानियले दिल्लीबाट फर्केका उनीहरुमाथि आंशका गर्दै प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादवका अनुसार गाउँलेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ मस्जिदमा बसिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकालाई बुधबार साँझ वीरगन्जस्थित नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण पछि बुधबार रातिदेखि सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो । प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका मानिस हुन् ।

रौतहटको यमुनामाइ गाउँपालिका ३ हजमीनियाका ६, वडा नम्बर ४ सरुअठाका १, राजपुर नगरपालिका २ फतुहा महेशपुरका ४ जना छन् । दिल्लीको तबलीगी जमातमा सहभागी भइ भारतबाट भागेर पर्सामा आइ लुकीछिपी बसेको स्थानीयले आशंका गरे पनि उनीहरुले भने आफूहरु दिल्लीबाट नआएको दाबी गरेका छन् ।

उनीहरुले आफू मुस्लिम धार्मिक प्रवचन दिने क्रममा पर्सामा आएर ४ हप्ता देखि बसेको बताएका छन् । क्वारेन्टाइनमा रहेका मध्ये हजमीनीयाका शेख महफुजले सप्तरीमा फागुन ३ देखि ५ सम्म आयोजित इज्तिमा (धार्मिक सम्मेलन) सकेर पर्सामा आएर विभिन्न मदर्शामा धार्मिक प्रवचन दिने क्रममा प्रहरीले आफूहरुलाई पक्रेर ल्याएको बताए दावी गरेपनि गाउँपालिका स्वास्थ्य संयोजक यादवले भने, भारतबाट आएका ११ जना ४ र ५ दिन देखि गाउँको मस्जिदमा बसेको स्थानीयले सूचना दिएपछि प्रहरीलाई खबर गरेर बुधबार साँझ नियन्त्रणमा लिन लगाएको बताए ।

यसैगरी दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातबाट फर्केका ११ जना मुस्लिमलाई बाराको विश्रामपुर गाउँपालिकाको बरैनियाबाट आज विहान पक्राउ गरेको छ । पक्राउ परेका ११ जना बरनैयिा स्थित मस्जिदमा प्रवेश गर्न लागेको अवस्थामा स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको थियो ।

सशस्त्र प्रहरी बोर्डर आउँट पोष्ट विश्रामपुरका सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई वीरगन्ज स्थित सिद्धार्थमाविमा स्थापना गरिएको क्वारेन्टाईन बुझाएको छ । पक्राउ परेको एघारै जना सप्तरी जिल्ला निवासी रहेको सशस्त्र प्रहरी निरिक्षक नारायण सिंह एैरीले बताए ।

पक्राउ परेका एघार जानै विश्रामपुर गाउँपालिकाको कल्याणपुर नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्न खोजिएका थिए उनले भने, एघारजनालाई नै हामीले प्रवेश गर्न दिएका थिएनौं । उनीहरु खुल्ला सिमानाको मौका छोपेर खेतको बाटोबाट लुकेर नेपाल प्रवेश गरी बरैनिया पुगेका थिए ।

स्थानियले उनीहरुलाई एकसाथ मस्जिदमा पस्न खोजेको देखेपछि गाउँलेले हामीलाई खबर गरेको थियो, लगतै हामीलाई उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक चेकजाँच पश्चात वीरगन्ज स्थित सिद्धार्थमाविमा स्थापना गरिएको क्वारेन्टाईनमा बुझाएका छौं ।

भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा उनीहरुलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले उनीहरु दिल्ली वा कहाँबाट आएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइन् । नियन्त्रणमा लिइएकालाई क्वारेन्टाइनमा १४ दिनसम्म राखिने पनि उनले जानकारी दिइन् ।

तबलिगी जमातमा सामिल १९ जना नेपाली मुस्लिम नियन्त्रणमा लिन विश्व हिन्दु परिषदको मागँ
विश्व अहिले कोरोना भाइरसको (कोभिड १९) महामारी झेली रहेका छन् । नेपाल पनि यस महामारीबाट अछुत हुन सकेको छ । नेपालमा हालसम्म ५ जना कोरोना संक्रमीत भएको पुष्ठि सरकारले गरि सकेको छ । यो महामारी अन्य देश जस्तो नेपालमा बिक्राल रुप नलियोस भनी नेपाल सरकारले पुरा देश लकडउन गरेको अवस्था रहेको छ ।

लकडाउनको पूरा जनताले पालना गरि देश र समाजको सुरक्षामा आफ्नो भुमिका निर्वाहा पनि गरीरहेका छन । तर हालै संचार माध्यमले जनाए अनुसार लकडाउनको उलंघन गरि १९ जना नेपाली मुस्लिम भारतको राजधानी दिल्लीमा भएको एक ईस्लामिक सभामा (तबलिगी जमात) सहभागी भएको जानकारी गराएका छन् ।

सभामा सहभागी भएकामा ठुलो सख्यामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । ती सभामा सहभागी भएका १९ जना नेपाली मुस्लिम लुकिछिपी बसि रहेका छन् । बिच विश्व हिन्दु परिषदको केन्द्रीय कार्यकयले एक बिज्ञप्ति जारी गर्दै गैर जिम्मेवारी पुर्ण तरिकाले त्यस सभामसभामा सहभागी सम्भाभित कोरोना सक्रमित १९ जना नेपाली मुस्लिमको तत्काल खोजतलास गरि कोरेनटाईनमा राख्न सरकारसंग माग गरेका छ ।

सरकारले तत्काल उनीहरुको खोजी कार्य गरी पक्राउ नगरीए देशमै कोरोना भाइरसको महामारी अनियन्त्रित भइ पुरै सक्रमित हुन सक्ने विश्व हिन्दु परिषद्का राष्ट्रिय अध्यक्ष टीका बहादुर पहारी द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्तराष्ट्रिय मिडिया अनुसार यहाँ इस्लामिक जिहादकै रुपमा कोरोना संक्रमण फैलाउने उद्देश्यले केही ब्यक्तीको समुह सक्रिय रहेको भन्दै परिषदका महासचिव जितेन्द्र सिंहले मानवरुपि कोरोनाधारी जिहादीबाट सचेत रही आफनो गाउँटोलको सुरक्षा गर्न सम्पूर्ण नेपाली जनतामा अनुरोध समेत प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

कोरोना शकास्पद ब्यक्ति बारे जानकारी पाउँन साथ प्रहरीमा सूचना प्रभाव गर्न देशबासीमा अपिल समेत गर्दै स्थानीय सरकारले पनि शंकास्पद ब्यक्ति लाई समयमै नियन्त्रणमा लिइ आवस्यक कारबाही गर्न प्रेस विज्ञप्ती मार्फत अनुरोध समेत उनले गरेका छन् ।

भारतीय संचार माध्यमका अनुसार दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातमा नेपालका पनि २० जना जमातीको सहभागी भएका थिए ।

भारतको उत्तराखन्ड प्रहरीले दिल्लीमा भएको जमातीको नामावली सार्वजनिक गरेको छ । उत्तराखण्ड प्रहरीले सार्वजनिक गरेको नेपालीको नामावली अनुसार चितवनका ११ जना, बाराका ४ जना रौतहटका २ जना, गोरखाका २ जना र पर्साका एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्