धनगढीमा कोरोना भाइरसको परीक्षण सुरु



धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीमा मेसिनको जडान कार्य सम्पन्न भएसँगै कोरोना परीक्षण सुरु भएको हो ।

संकलन गरिएको एक नमुना जाँच गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.जगदिश जोशीले प्राविधिक काम सकेर बिहिबार देखी स्वाब परीक्षण सुरु भएको बताए ।

कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याईएको मेसिन आईपोनेटीक कम्पनीको भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्