अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो



एजेन्सी : कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो, अमेरिका । यहाँ अहिलेसम्म ५ हजार ८ सय ७ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने २ लाख ४४ हजार संक्रमित रहेका छन् ।

विश्वको तेस्रो धेरै प्रभावित मुलुक मानिएको अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या घटेको छ । बुधबार १ हजार ४९ जनाको मृत्यु भएकोमा बिहिबार ७ सय ९५ जनाको मात्र मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ । यस्तै २५ हजार नयाँ संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्