महाेत्तरीमा माटाेकाे ढिस्काेले पुर्दा चार बालिका घाइते, एककाे अवस्था गम्भीर



जनकपुरधाम : खोलामा माटो लिन गएका महोत्तरीका चार बालिका माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका छन् । एक बालिकाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा औरही नगरपालिका ३ श्रीपुरका विनोद साहका १० वर्षीय छोरी मन्तोरिया छिन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

 

यस्तै अन्य घाइते हुनेहरुमा औरही नगरपालिका ३ श्रीपुरका सन्झारो महतोकी ६ वर्षीया छोरी रीता, दरेश यादवकी १२ वर्षकी छोरी काजल र ८ वर्षीया वसन्ती रहेका स्थानीय बासिन्दाले बताएका छन् । तीनै जना बालिकाको औरही बजारस्थित क्लिनिकमा उपचार भइरहेको छ ।

 

स्थानीय जंघा खोलमा बिहान करिब १० बजेतिर माटो लिन पुगेको उनीहरुलाई माटोको ढिस्कोले पुरेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्