कमल थापा भन्छन्-‘मेडिकल सामग्री खरिदको जिम्मा सेनाले अस्वीकार गर्नुपर्छ’



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोनाभाइरस (कोभिड–१९)विरुद्ध अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिन नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई प्रयोग गर्न नहुने बताएका हुन् ।

खरिदको जिम्मा सेनालाई दिने कार्यले सरकार असक्षम प्रमाणि हुने थापाको तर्क छ ।
‘सार्वजनिक खरिद बिक्रीको काममा समेत सेनलाई प्रयोग गर्नु उपयुक्त हुँदैन । सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नुहुँदैन । त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ । मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छैन’ थापाले ट्वीटमा लेखेका छन् ।

सामान किन्ने जिम्मेवारी नेपाली सेनालाई दिने र जीटुजीमार्फत प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्