आज उपत्यकासहित देशभर ग्यास वितरण हुँदै (सम्पर्क नम्बरसहित)



काठमाडौं : नेपाल आयल निगमले आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशैभर ग्यास वितरण गर्ने भएको छ ।

खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्यास उद्योगहरुले शुक्रबार पनि देशैभर ग्यास वितरण गर्ने भएको हो ।

निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्यासको विवरण सबै उद्योगले निगममा पठाएका छन् ।

आज काठमाडौं उपत्यकामा मात्रै ओम ग्यासले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्यास वितरण गर्दैछ ।

यस्तै, नेपाल ग्यास कम्पनीअन्तर्गतको नारायणीबाट ४ हजार १ सय ४१ सिलिण्डर ग्यास देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४ सय ८० सिलिण्डर वितरण हुँदैछ ।

यसैगरी उपत्यकासहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत २ हजार ५ हजार ७९ सिलिण्डर एचपी ग्यास पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ ।

साथै उपभोक्ताहरुले एलपी ग्यास नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरु
हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८
अन्य नम्बरहरु
९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९

शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरु

प्रतिक्रिया दिनुहोस्