रौतहटको परोहा नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण



रौतहट : अहिले सिङ्गो देश नै लकडाउनबाट प्रभावित बनेको छ । गरिब ,ज्यालादारीमा आश्रतिका घरपरिवार को दैनिकी कष्टकर बनेको छ । यसैबीच रौतहटको परोहा नगरपालिकाले नगरबासीको पिर मर्कालाइ बुझ्दै राहत र सहयोग प्रदान कार्यक्रम तीव्रताका साथ अगाडि बढाएको छ । बिहीबार परोहा नगरपालिकाले लकडाउनको कारण खाधय वस्तुको संकट झेलिरहेका गरिब, विपन्न परिवारलाइ राहत सामग्री वितरण गरेको छ ।

परोहा नगरपालिकाको कोभि– १९ का कारण प्रभावित भएको ९ वटा वडामा रहेका हजारौं विपन्न तथा लक्षित वर्गलाई राहत सामग्री घरघरमा पुर्याइएको हो । घरधुरी संख्या ७०७२ मध्ये आर्थिक वर्ष २०७५/०७६ को सर्वे अनुसार विपन्न र गरिब चिनिएका र सर्वदलिय बैठकबाट पहिचानमा आएका २२ सय अति विपन्न ज्यालादारीमा आश्रित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

९ वटै वडामा बसोबास गर्ने दलित, हिन्दू, मुस्लिम लगायतका आर्थिक अवस्था कमजोर भएकाको घरदैलोमा पुगेर नगर प्रमुख शेख वकिल ,प्रसासकिय अधिकृत ओम प्रकाश यादब ,इन्जिनियर दिपेन्द्र यादबसहितको टोलिले खाद्य सामग्री वितरण गरेका हुन् ।

राहत सामग्रीमा चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर, नुन १ किलो र स्वविन २ किलो रहेको मेयर शेख वकिलले बताए । वकिलले लकडाउनको समयमा कुनैपनि गरिब जनता भोकै नबसुन भन्ने उद्देश्यले समाजिक दुरी कायम गर्दै घरघरमा राहत लिएर पुगेको बताए । प्रमुख वकिलले कोभीड–१९ को रोकथाम, नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाइ भएको समस्यालाई मध्यनजर गर्दै राहत उपलब्ध गराइएको जनाए । उनले नगरपालिका भित्र सरसफाईको विशेष ध्यान दिइएको जिकिर गरे । उनले व्यक्तिगत सरसफाई र सामाजिक दुरी कायम गरे मात्र संक्रमणबाट जोगिन सक्ने भएकोले सार्वजानिक ठाउहरुमा भीडभाड न गरिदिन समेत आग्रह गरे । कोरोनाभाइरसको संक्रमणबाट बाच्नको लागि अपनाउने उपायबारे जनचेतना फैलाउने कार्य प्रचार प्रसार नगरपालिका भरी नै जारी रहेको बताए ।

मेयर वकीलले प्रति परिवारलाइ ५ वटा माक्स, साबुन वितरण गरिसकेको जानकारी दिए । ठाउँ-ठाँउमा हाथ धुनको लागि नगरपालिकाबाट पानीको व्यवस्था समेत गरेको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले प्रदेश सरकारले गरीव विपन्न परिवारलाइ राहत वितरण गर्नको लागि रकम छुट्याएपनि अहिले उपलब्ध नभएको बताए । वित्तीय समानीकरणको रकम रकामान्तरण गरेर राहत सामग्री वितरण गर्ने कार्य शुरू गरिएको जनाए ।

प्रमुख प्रसाशकीय अधिकृत यादवले स्थानीय ब्रह्मज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको ३० बेड को क्वारेन्टाइनमा २३ जना संकास्पद व्यक्तिलाइ राखिएको जानकारी गरेका छन् । लाक डाउन र निषेधाज्ञाको कारण काम काज ,पसल ,व्यापर , निर्माण कार्य पूर्णरुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवारलाइ छक टार्न धौधौ परिरहेको बेला नगर प्रमुख सहितको टोलीले घरघरमा पुगेर राहत वितरण कार्यले चौतर्फि चर्चा पाएको छ ।

आफू दानेकुरा नपाएर के खाने सोचिरहेको बेला परोहा नगरपालिकाले बाडेको राहतले बाँच्ने आशा जगाएको स्थानीय जैतुन खातुनले बताईन । लकडाउनले घरमै बस्नु पर्ने भएकोले दैनिक उपभोग्य वस्तु सिधिएको अवस्थामा नगरपालिकाले प्रदान गरेको राहत सामग्री बालबच्चा घरपरिवारको अहार हुने स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्