सरकारले गर्नुपर्ने काम सेनामाथि पन्छयाएर भाग्न मिल्दैन– नेता शर्मा



काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली सेनालाई दिने निर्णयमाथि आपत्ति जनाएका छन् ।

सरकारले आफुले गर्नुपर्ने काम सेनामाथि पन्छयाएर भाग्न नमिलने उनले बताएका छन् । उनले सामाजि सञ्जाल फेसबुक मार्फत सेनालाई निर्माण व्यवसायको काम(ठेक्का पट्टा)जस्ता काममा लगाएर जनता खुशी नभएको पनि बताउका छन् । उनले लेका छन्– ‘किनकी भ्रष्टाचारको कसुरमा सेनालाई अख्तियारले हात हाल्दैन् । !’

सेना समाजको उत्पादन भएकाले शंकाको सृजना हुने कुनै काम नगर्न उनले सुझव दिएका छन् ।

‘जनताको आस्था र विश्वास बलियो हुने काम मात्रै सेनालाई दिऊ किनकी मन्त्रीमाथि शंका लागे मन्त्री फेर्न सकिन्छ, प्रम माथि शंकालागे सरकार फेर्न सकिन्छ तर नेपाली सेना माथि नै शंका लाग्यो भन्ने हाम्रो राष्ट्रियतानै खतरामा पर्न सक्छ। तसर्थ आफ्नो स्वार्थको लागि राष्ट्रियतलाई संकटमा नपारौ, नेपाली सेनालाई अप्ठ्यारो नपारौ!’- उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्